अत्तरिया उधोग बाणिज्य संघका विरुद्ध उजुरी

अत्तरिया – कैलालीको अत्तरिया नगर उधोग बाणिज्य संघको नयाँ नेतृत्वको लागि कसरत शुरु भैरहेकै बेला संघका विरुद्ध उजुरी परेको छ । अत्तरियाकै ब्यबसायीले जिल्ला प्रसाशन कार्यालय कैलाली पुगेर उजुरी दिएका छन् । उजुरीमा संस्था नवीकरण नगरेको , महोत्सव को हिसाब सार्बजनिक नगरेको , कार्यकाल सकिएर पनि अधिबेशन नगरेको, वडाका जनप्रतिनिधि बनेकाहरु संघ को कर्मचारी कायमै रहेर दोहोरो भुमिका निभाएको लगाएतका आरोप लगाइएको छ ।
यस्तै हाल को कार्य समिति अबैध भएकाले काम कार्बाही रोक्न माग समेत गरिएको छ । संघ को बिधान अनुसार २ बर्ष को कार्यकाल रहेको छ । हाल को नेतृत्व २०७५ असोज मा निर्बाचित भएको थियो । समिति भित्र बाट नै अधिबेशन को मिती तोक्न बिगत मा दबाब थियो । तर अध्यक्ष अशोक राज देबकोटा भने यहि महिना हुने नेपाल उधोग बाणिज्य महासंघ मा भोट हालेर मात्रै अदिबेशन गर्ने पक्षमा थिए ।

जसको कारण अधिबेशन को मिती तोकिएन । यद्यपि उजुरी दिने ब्यबसायीले महासंघ को केन्द्रिय कार्यालय मा पनि उजुरी पठाएका छन् । अधिबेशन को दबाब परेपछि संघ को बैठकले फागुन २० गते सम्म नवीकरण र नयाँ सदस्यता लिन सकिने यस अघि नै संघले सार्बजनिक सुचना मार्फत जनाएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सदस्यता को लागि झन्डै नवीकरण र नयाँ गरेर १४ सय को निबेदन परेको छ । तर त्यसको टुंगो संघले लगाएको छैन । अध्यक्ष देबकोटा भने हाल आमा प्रदेश सांसद तुल्सी देबकोटा को उपचार को क्रममा काठमाडौमा रहेका छन् । अधिबेशन को मिती नतोकिए पनि नयाँ नेतृत्व को लागि बरिस्ठ उपाध्यक्ष कल्याण सिँ बोहरा र उपाध्यक्ष कमल कडायतले दाबी गरेका छन् । उनिहरु दुबैले भित्र भित्रै ब्यबसायीहरु संग सम्बन्ध बढाउने देखि ब्यबसायीहरुका सदस्यता नवीकरण सम्म को कार्यमा सकृयता देखाएका छन् ।

दुबै जनाले आ -आफ्नो समूहमा आउन ब्यबसायीहरुलाई भेटेर आग्रह गर्न थालेका छन् । यो पटक अधिबेशनमा सकभर राजनीतिक आस्थाको आधारमा नेतृत्व चयन गर्न नहुने ब्यबसायीहरुको माग रहेको छ । बिगतमा एकल पार्टीमा आस्था हुने ब्यबसायी समूह मात्रै संघमा सहभागी हुँदा संघले गति लिन नसकेको पनि एक पक्ष को बुझाई रहेको छ ।कांग्रेसमै आस्था राख्ने ब्यबसायीहरु नै दुई खेमा मा बाँडिने भएपछि बामपंथी व्यावसायिहरुले खासै चासो देखाएका छैनन् ।

नेकपा एमाले निकट एक ब्यबसायीले भने,” खै उहाहरु कै कुरो मिलेको छैन । नेतृत्वमा धेरै को दाबी छ भन्ने सुनिएको छ । हाम्रो त सकभर यसमा राजनीति नगरौं मिलेर नै सबै को सहभागीतामा टिम बनाउ भन्ने हो । तर हेरौ अहिले त अधिबेशन को मिती नै तोकिएको छैन , फेरि उजुरी पर्यो भन्ने नि छ तर संस्था यसरी चल्दैन बिधान अनुसार त चलाउनु पर्यो नि ४ – ५ बर्ष सम्म अदिबेशन नगरेर बस्न मिल्छ त । ” उजुरी परेपछि संघले भने आफ्नो धारणा सार्बजनिक गरेको छैन । प्रसाशन ले उजुरी परेपछि यस बारेमा बुझ्ने जनाएको छ ।

Loading...