सुदूरपश्चिमको राजधानीका बारेमा बोल्दा सांसद बलायरलाई सभामुखको रोक

धनगढी- नेपाली कांग्रेसका सांसद् वीरवहादुर बलायरलाई बोल्दाबोल्दै प्रतिनिधिसभामा रोक लगाइएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोलिरहेका सांसद् बलायरलाई सभामुखले रोकेका हुन ।

Dadeldhura hospital

उनले आकस्मिक समयमा उठाएको विषय सान्दर्भिक नभएको भन्दै सभामुख घिमिरेले रोकेका थिए । बलायरले बैठकमा सुदुरपश्चिमको राजधानीलाई केन्द्रीय सरकारले भोगाधिकार दिन नसकेको भनिरहँदा उनको भनाइ सभामुखले रोकेका हुन् ।

Navadurga sun
Godawari sandesh

‘सुदूरपश्चिमको राजधानी संसदले २०७५ सालमा दुई तिहाइबाट तय गर्दा पनि अहिले सम्म केन्द्रिय सरकारले भोकाधिकार दिन नसकेको जटिल परिस्थिति सृजना भएको छ’ बलायरले भने। उनले यती भन्ने बितिकै सभामुखले माइक काटेका थिए ।

आकस्मिक समयमा अघिल्लो बैठक र आजको बैठकको बिचको घटना वा विषयमा मात्र उठान गर्न पाइने भएकाले उनलाई सभामुखले आफ्ना कुरा रोक्न भनेका थिए । त्यसपछि सांसद बलायर नबोलेर बसेका थिए ।

Loading...