

अत्तरिया- कैलालीमा दुई जना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा गरी दुई जना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले कैलारी गाउपालिका-७ रामपुर बस्ने ३५ वर्षीया लक्ष्मीप्रसाद चौधरी मृत भेटिएको बताए । उनी आफ्नै घरमा मृत भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको बताउदै प्रहरी नायब उपरीक्षक चन्दले बताए ।


यस्तै आज बिहीबार बिहान गोदावरी नगरपालिका-१ बस्ने ५८ वर्षीय छुनु डगौरा थारू पनि आफ्नै घर आगनमा मृत फेला परेका छन् । उनी आँपको रूखमा प्लाष्टिकको डोरीले पासो लगाएको अवस्थामा मृत भेटिएको बताउदै डीएसपी चन्दले थारुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको जानकारी दिए ।