सुदूरपश्चिम प्रदेश बुस्टर डोज लगाउनेको संख्या आधाले घट्यो 

बैतडी- सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउनेको संख्या न्युन रहेको छ । यस प्रदेशमा खोपको पूर्ण मात्रा लगाउनेको संख्या भन्दा बुस्टर डोज लगाउनेको संख्या आधाभन्दा कम रहेको हो ।

प्रदेशका ९ वटै जिल्लामा गरि हालसम्म कुल २२ लाख ३३ हजार आठसय ३१ जनाले कोरोनाविरुद्धको पूणर् मात्रा लगाएका छन् । जसमा तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउनेको संख्या भने दश लाख १५ हजार ३७ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।

Navadurga sun
Godawari sandesh

कैलालीमा सात लाख ३२ हजार सात सय ८९ जनाले पूर्ण मात्रा लगाएकोमा तीन लाख ८६ हजार एक सय ८८ जनाले मात्रै बुस्टर डोज लगाएका छन् । कञ्चनपुरमा चार लाख ३९ हजार एक सय ६८ ले पूणर् र एकलाख ९९ हजार आठ सय ५७ ले बुस्टर डोज पाएका निर्देशनालयले जनाएका छन् ।

यस्तै बैतडीमा दुई लाख ११ हजार छसय ५२ ले पूणर् र ९८ हजार दुई सय १३ बुस्टर, अछाममा एक लाख ८३ हजार छ सय दुईले पूणर् र ८८ हजार आठसय ५२ ले बुस्टर,डोटीमा एकलाख ६१ हजार एक सय ३८ पूणर् र ६३ हजार पाँच सय १४ ले बुस्टर, बझाङमा एकलाख ३७ हजार छ सय ११ पूणर् र ३२ हजार एकसय १७ ले बुस्टर, डडेल्धुरामा एक लाख २७ हजार सात सय २५ ले पूणर् र ६७ हजार पाँच सय ८४ बुस्टर, बाजुरामा एकलाख २५ हजार चार सय ६८ पूणर् र २९ हजार आठसय नौ ले बुस्टर, दार्चुलामा एक लाख १४ हजार ६ सय २८ जनाले पूणर् र ४८ हजार नौ सय तीन जनाले बुस्टर डोज लगाएका छन् ।

यसका साथै प्रदेशभरी कोरोना भाइरसविरुद्धको चौथो तथा बुस्टर डोजको दोस्रो मात्रा लगाउनेको संख्या भने २९ हजार आठसय ५६ मात्रै रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

Dadeldhura hospital

रोग फैलिएपछि मात्रै खोप लगाउनुपर्छ भन्ने सोचका कारण बुस्टर डोज लगाउनेको संख्या न्युन भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मीनराज जोशीले बताए । उनले भने, “रोग फैलिएपछि मात्रै खोप लगाउनुपर्छ भन्ने सोच अझै पनि रहेको छ, यसले गर्दा बुस्टर लगाउनेको संख्या कम देखिएको हो । यो सोच हटाएर अनिवार्य रुपमा खोप लगाउन आग्रह छ ।”

यसका साथै प्रदेशमा खोप कम मात्रामा आएकोले यो समस्या देखा परेको जोशीको भनाई छ । उनले भने, “सरकारले नै कम मात्रा खोप पठाइदियो, लक्षित समूहलाई मात्र लगाउने उद्देश्यले पनि बुस्टर डोज पाउनेको संख्या कम देखिएको हो । खोप बढी मात्रामा आयो भने सबै समूहलाई लगाउछौं।”

सुदूरपश्चिममा यसअघि कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जोन्सन एण्ड जोन्सन, फाइजर, मोडर्ना खोप लगाइएको हो । प्रदेशमा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने अभियान जारी रहेकोले खोप लगाउन बाँकी सबैलाई खोप लगाउन आग्रह गरिएको छ । ५५ वर्षमाथिका नागरिक, दीर्घरोगी, अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई बुस्टर डोज दिन थालिएको हो । जसका लागि ८९ हजार डोज खोज आएको जोशीको भनाई छ ।

सुदूरपश्चिममा विस २०७७ साल माघ १४ गतेदेखि कोरोनाभाइरसविरुद्धको अभियान सुरु गरिएको थियो । प्रदेशमा खोप अभियानको शुभारम्भ सुदूरपश्चिमका तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका हुन । पहिलो खोप तत्कालिन स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले लगाएका थिए

भारतसंग सीमा जोडिएको यस प्रदेशमा दैनिक कोरोना संक्रमण बढ्दै छ । संक्रमण देखिने अधिकांस भारतबाट फर्किएका रहेकाले यहाँ जोखिम बढ्दै गएको छ । प्रदेशका सबै सीमानाकाहरुमा हेल्थ डेस्क स्थापना गरिएको र अनिवार्य कोरोना परीक्षण गराएर मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले बताए । संक्रमणको जोखिम बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयले भनेको छ ।

यस प्रदेशसमा हालसम्म ६ लाख ४७ हजार सातसय ३४ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ६१ हजार नौ सय ७७ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ ।

Loading...