


धनगढी- कैलालीको धनगढीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँका २२ वर्षीय नरेश चौधरी पक्राउ परेका हुन् ।


चोरी मुद्दामा जिल्ला अदालत कैलालीले २०७६ जेठ १ गते ७ दिन कैद र १० हजार जरिवाना तोकिएका चौधरी त्यसयता फरार थिए । लामो समयदेखि फरार उनलाई जिल्ला प्रहरी कार्यालयले बुधवार पक्राउ गरी अदालतमा दाखिला गरेको छ ।



