धनगढीमा मुख्य सडक निर्माणका लागि प्राविधिक मुल्यांकनको काम पुरा

धनगढी- धनगढीमा मुख्य सडक निर्माणका लागि प्राविधिक मुल्यांकनको काम पुरा भएको छ । मुख्य सडक निर्माणका लागि प्राविधिक मुल्यांकनको काम सम्पन्न भएर आर्थिक प्रस्ताव खोल्ने सम्वन्धि सूचना सार्वजनिक गरिएको छ । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय कैलालीले पौष अन्तिम साता धनगढीको मुख्य सडक निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो ।

बोलपत्र ३१ दिनपछि खोलिएको थियो । सडक निर्माणका लागि विड गर्ने पाटी ६ र पाटीभित्र पनि जेभी गरेर विभिन्न १० वटा निर्माण कम्पनीको आवेदन परेको थियो । कैलालीपुल-क्याम्पसरोड चौडा बनाउन परेका निवेदनमाथि मुल्यांकन गर्ने काम पुरा भएर आर्थिक प्रस्तावका लागि सूचना प्रकाशन गरिएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मुल्यांकनका क्रममा पूर्वाधार विकास कार्यालयलाई शंका लागेका विषयमा सम्वन्धित कार्यालयलाई सोध्ने काम भएको पूर्वाधार विकास कार्यालय कैलालीका निमिक्त प्रमुख रामचन्द्र खत्रीले बताए । पूर्वाधार विकास कार्यालय कैलालीले आज राजधानी दैनिकमा प्राविधिक मुल्यांकनको काम सकेर कैलालीपुल-क्याम्पसरोड सडक बनाउन ७ दिनको आर्थिक प्रस्ताव (सुचना) प्रकाशन गरेको हो ।

सूचना अनुसार मिति २०७९ पौष २४ गते प्रकाशित इ-बिड मार्फत बोलपत्र आह्वान सम्वन्धि सूचना अनुसार रितपूर्वक म्यादभित्र दर्ता हुन आएका बोलपत्रहरु खोली प्रस्ताव मुल्यांकन गर्दा सफल भएका बोलपत्रदाताहरुको आर्थिक प्रस्ताव २०७९ चैत २९ गते दिनको ठिक १ बजे पूर्वाधार विकास कार्यालय कैलालीमा खोलिने भन्दै सूचना सार्वजनिक गरिएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को (बाह्रौ संसोधन २०७९ समेत) को नियम ३१ ज को उपनियम (५) र (६) को प्रयोजनार्थ आर्थिक प्रस्ताव सार्वजनिक गरिएको हो । सडक निर्माणका लागि बेदानश्री इन्फ्राटेक्चर प्रालि काठमाण्डौँ र केएस कन्ट्रस्कन प्रालि धनगढी छनोटमा परेका छन् । कैलाली पुलदेखि क्याम्पस रोडसम्मको सडक कालोपत्रका लागि सुदूरपश्चिम सरकारले ६६ करोड धनगढी उपमहानगरको आग्रहमा विनियोजन गरेको थियो ।

धनगढी उप-महानगरपालिकाले सडक क्षेत्रको १५ मिटर दायाँ र १५ मिटर बायाँका भौतिक संरचना हटाउने काम करिब सम्पन्न गरिसकेको छ । धनगढीको मुख्य सडकको सवारी जाम न्युनिकरण गर्न सडक चौडा गर्ने प्रक्रिया यसअघि नै थालिएको थियो । कैलाली पुलदेखि क्याम्स रोड (हुलाकी राजमार्ग) सम्मको २ दशमलव ३ किलोमिटर सडक निर्माण तथा कालोपत्रका लागि अब कुनै समस्या नभएको पूर्वाधार विकास कार्यालय कैलालीले बताएको छ ।

Loading...