गौरीगङ्गा गोल्ड कप आयोजक क्वाटर फाइनलमा

gyan kendra dadel

धनगढी– कैलालीको गौरीगङ्गा नगरपालिकामा मङ्गलवारदेखि जगशक्ती गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप २०७९ सुरु भएको छ। मङ्गलवार भएको उद्घाटन खेलमा डोटीलाई ३-१ ले पराजित गर्दै आयोजक गौरीगङ्गा-११ स्पोर्ट्स क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

Khanepani dadeldhura

ajaymeru gaupalika

उद्घाटन खेलमा पुनरागमन जित निकाल्दै आयोजक क्वाटर फाइनलमा पुग्न सफल भएको हो । खेलको ११ औँ मिनेटमा डोटीका १२ नम्बर जर्सीका खेलाडी हेरी सिंहले गोल गर्दै अग्रता बनाएका थिए । ४० औँ मिनेटमा आयोजकका तर्फबाट जर्सी नम्बर १४ का गणेश लुहारले गोल गर्दा पहिलो हाफको खेल बराबरीमा सकियो । दोस्रो हाफको ७६ औँ मिनेटमा डी बक्स भित्र गौरीगङ्गाका खेलाडीमाथि फल भएपछि पेनाल्टी पाएको उसले दिनेश थापाले पेनाल्टी गोल मार्फत खेललाई खेल २-१ को अवस्थामा पुग्यो । खेलको ८१ औँ मिनेटमा आयोजकका जनक साउदले गोल गर्दै टिमलाई सहज जित दिलाए । खेलको प्लेयर अफ दी म्याच पनि उनी नै चुनिए ।

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा-११ स्पोर्टस क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको आजै सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले समुद्घाटन गरेका थिए ।

udhok dadeldhura

प्रदेश प्रमुख जोशीले खेलकुद क्षेत्र व्यावसायिक बन्न नसकेको बताए । उनले भने -‘खेलकुदप्रति युवाहरूको आकर्षण बढ्दै गएको छ । तर, व्यावसायिक नबन्दा खेलाडीहरूलाई जीविकोपार्जन गर्न समस्या भएको छ ।’ उनले राज्यलेनै खेलकुदलाई अतिरिक्त क्रियाकलापका रूपमा लिएको बताए । उनले खेलकुदको विकासका लागि हरेक वर्ष विभिन्न प्रतियोगिता हुन आवश्यक रहेको बताए । उनले भने -‘प्रतियोगिताले खेलाडीको विकास गर्नुका साथै खेलले शारीरिक तन्दुरुस्ती, अनुशासित बनाउन मद्दत गर्छ ।’

सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बमले खेलाडी लगनशील, अनुशासित नभएसम्म खेलकुदको विकास सम्भव नभएको बताए । उनले खेलकुद भनेको पहिचान रहेको बताए । उनले भने -‘खेलकुदबाटै कुनै क्षेत्र, स्थान तथा राष्ट्रको पहिचान दिइरहेको छ । यो पहिचानको कडी हो ।’

प्रदेश सभा सदस्य जानकी कुँवरले खेलमैदानको स्तरोन्नतिसँगै यस निर्वाचन क्षत्रका आवश्यकता के हुन् रु स्थानीयका मागका आधारमा विकासको पहल गरिने बताइन । गौरीगङ्गा ११ स्पोर्ट्स क्लबले थालनी गरेको यो अभियान सफल पार्न सम्पूणर् सहयोग रहने कुँवरको भनाइ छ ।

चैत ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । आयोजक गौरीगङ्गा-११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्लाका टिमहरूका साथै नेपाल पुलिस र सशस्त्र प्रहरी बलको टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ भने प्रतियोगिताको ‘म्यान अफ द म्याच’ लाई ट्रफी सहित नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।

सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपको भव्य उद्घाटन, खेल क्षेत्र व्यावसायिक बन्नुपर्नेमा प्रदेश प्रमुखको जोड प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जगशक्ती गोल्ड टिएमटी फलामे छड रहेको छ । मुख्य प्रवर्द्धकमा गौरीगङ्गा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरूमा सिराज ईन्टरनेशनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।

Loading...