सुदूरपश्चिम प्रदेशभित्र अटो रिक्साको दर्ता ह्वात्तै बढ्यो

gyan kendra dadel

धनगढी- सुदूरपश्चिम प्रदेशभित्र अटो रिक्साको दर्ता ह्वात्तै बढेको छ । सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरमा तीन पांग्रे सवारी साधन (अटो रिक्सा) दर्ता भएर सञ्चालमा रहेको पाइएको हो ।

Khanepani dadeldhura
udhok dadeldhura

पहाडी जिल्लामा पनि अटो रिक्सा उल्लेख्य संख्या बढ्दै गएको देखिएको छ । प्रदेशभित्र साढे पाँच वर्षको अवधिमा झण्डै १० हजार अटो रिक्सा दर्ता भएको देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा सबै भन्दा बढी दुई हजार १७६ अटो रिक्सा दर्ता भएकोमा त्यसपछि गत आर्थिक वर्ष २०७८/७९ मा दुई हजार १५७ वटा अटो रिक्सा दर्ता भएको छ ।

ajaymeru gaupalika

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ४०५ वटा मात्रै अटो रिक्सा दर्ता भएको छ । आर्थिक वर्ष २०७४/७५ मा एक हजार ८ सय ४३, २०७६/७७ मा एक हजार तीन सय ७८ र २०७७/७८ मा एक हजार ६ सय ५५ वटा नयाँ अटो रिक्सा दर्ता भएको थियो । कुल दर्तामध्ये आधाभन्दा बढी अटो रिक्सा कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा सञ्चालनमा रहेको पाइएको छ ।

अटो रिक्साप्रति पछिल्लो समय युवाको आकर्षण बढ्दो छ । पुरुषसँगै महिलाहरुले समेत अटो रिक्सा चलाउने गरेको देखिएको छ । अटो रिक्सा चलाएर धेरै महिला तथा पुरुष स्वरोजगार बनेका छन् । छोटो दुरीका लागि अटो रिक्सा विशेष गरी ग्रामीण क्षेत्रमा बढी उपयोगी बन्दै आएको छ ।

Loading...