

कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना भएको छ । कञ्चनपुरको दैजी-बेल्डाँडी सडकखण्डमा सुपप्र ०२ ००३ ४६७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २ जना घाईते भएका प्रहरीले जनाएको छ ।



मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार बेल्डाँडीकै ८ वर्षीया बालक इस्बद ठकुरीको मृत्यु भएको हो । यस्तै सोही मोटरसाइकलमा सवार ८ वर्षीया अर्चना जोशी गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको छ ।


मोटरसाइकल चालक रौलेश्वर माध्यमिक विद्यालयका शिक्षक टेकराज भट्ट पनि घाइते भएका छन् । उनको पनि अवस्था गम्भीर रहेको जनाएको छ । कञ्चनपुर प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको जनाएको छ ।





