कैलालीको गौरीगंगा नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरुलाई तालिम

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरुलाई डिजिटल सेवामा जोडिई प्रतिस्पर्धी बनाउँदै सदस्यलाई प्रविधिमैत्री सेवा दिने उद्देश्यले तालिमको आयोजना गरिएको छ । गौरीगंगा नगरपालिकाको आयोजनामा सहकारीमा डिजिटल प्रविधि (कोपोमिस) का क्षेत्रमा सहकारी संस्थाहरुलाई प्रशिक्षण दिइएको हो ।

सोमबारदेखि सुरु भएको तालिम चार दिनसम्म चल्ने नगरपालिकाका कार्यवाहक प्रमुख भोजबहादुर बमले बताए । उनले भने, ‘सहकारीको सेवामा स्तरोन्नति गर्न प्रविधिको प्रयोग गर्नका लागि अत्याधुनिक प्रविधि सेवा उपलब्ध गराउन तालिम आयोजना गरेका छौँ ।’

Navadurga sun

तालिमको अनुगमनका क्रममा प्रविधिको माध्यमबाट भुक्तानी तथा फछ्र्यौट, आन्तरिक तथा अन्तर्राष्ट्रिय विप्रेषण सेवा, सहकारीको लेखा प्रणाली, भुक्तानी सेवालगायतका विद्युतीय कारोबार गर्नका लागि यहाँका सहकारीलाई कोपोमिस तालिम दिएको उनले बताए । उनले भने, ‘पहिलो पटक गौरीगंगा नगरपालिकामा रहेका २० वटा सहकारीलाई तालिम दिइएको छ । बाँकी रहेका सहकारीलाई क्रमशः तालिम दिँदै जानेछौँ ।’

सहकारी शाखा प्रमुख अशोक जोशीले सरकारी विभागको नीति अनुसार नै कोपोमिस तालिम सञ्चालन गरिएको बताए । ‘सहकारीको वित्तीय कारोबारलाई प्रविधिमा आधारित प्रतिस्पर्धी र सक्षम बनाउन तालिम सञ्चालन गरिएको छ,’ उनले भने, ‘नगरपालिकामा रहेका ६१ वटै सहकारीलाई क्रमशः तालिम दिँदै जानेछौँ ।’

ADD Khali jpg
ADD Khali jpg
Loading...