तीन प्रदेशका इन्जिनियरका लागि स्केफ नेपालद्वारा आयोजित ५ दिने तालिम समापन

gyan kendra dadel

धनगढी- सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फार्म (स्केफ) नेपालले आयोजन गरेको पुल डिजाइन र निर्माण सम्बन्धी पाँच दिने तालिम धनगढीमा सम्पन्न भएको छ । तालिमको आइतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक कार्यक्रमका बिच समापन गरेका हुन् ।

Khanepani dadeldhura

तालिम समापन गर्दै शाहले देश विकासको मुख्य मेरुदण्डका रूपमा रहेको प्राविधिक जनशक्ति दक्ष भए मात्रै समृद्धिको लक्ष्य हासिल हुन सक्ने भन्दै इन्जिनियरका लागि आयोजित तालिम अत्यन्त सान्दर्भिक रहेको बताए । ‘विकास निर्माणमा हरेक गतिविधिसँग समाजका सबै पक्ष जोडिएका हुन्छन्,’ मुख्यमन्त्री शाहले भने, ‘त्यसैले इन्जिनियरले गरेका हरेक काम प्रशंसा गर्न लायक बनेको खण्डमा त्यसको सकारात्मक सन्देश सबै क्षेत्रमा जान्छ । मुलुकको विकास, उन्नतिमा इन्जिनियरको ठुलो योगदान रहेको उनले बताए ।

ajaymeru gaupalika
udhok dadeldhura

तीन प्रदेशका इन्जिनियरका लागि स्केफ नेपाल द्वारा आयोजित ५ दिने तालिम समापन कार्यक्रममा सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेम दत्त भट्टले झोलुङ्गे पुल तथा मोटरेबल पुल सम्बन्धी तालिम आगामी दिनमा प्रदेशमा पनि आयोजना गरिने बताएका छन् । तालिममा सहभागी कणर्ाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका इन्जिनियरहरूले उपलब्धिपूणर् सिकाइ भएको बताउँदै आगामी दिनमा पनि यस्ता तालिमको खाँचो रहेको बताए । प्रशिक्षक रञ्जन मानन्धरले यस्ता तालिमले धेरै इन्जिनियरहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूणर् भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।

सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फार्म (स्केफ) नेपालका महासचिव कमल कार्कीले निर्माणको क्रममा सबैभन्दा बढी समस्या पुलमा देखिएकाले देशभरका इन्जिनियरका लागि तालिमको आवश्यकता देखिएपछि करिब ३ सय नयाँ पुस्ताका इन्जिनियरलाई प्रशिक्षित गरिएको बताए ।

यस्ता तालिमले निर्माणको प्रभावकारिता बढ्ने, निर्माण क्षेत्रमा संवेदनशील भएर हेर्नुपर्ने कुरामा थप सजगता अपनाइने र पुल निर्माणका क्षेत्रमा रहेको जनशक्तिमा थप दक्षता र क्षमता अभिवृद्धिले नयाँ फड्को मार्ने उनको धारणा छ । कार्यक्रममा स्केफ नेपालका सुदूरपश्चिम सदस्य यज्ञराज भट्टले नयाँ पुस्ताका इन्जिनियरहरूले प्रभावकारी कार्यसम्पादन गर्न सक्ने गरी प्रशिक्षण प्राप्त गरेका बताउनु भयो । अझै कार्यसम्पादनमा अग्रसर जनशक्तिलाई यस्ता अभिमुखीकरण र तालिमको खाँचो रहेको उनको भनाई रहेको छ ।

स्केफले आयोजना गरेको तालिममा निर्माण व्यवसाय प्रवर्द्धन केन्द्र र नेपाल निर्माण व्यवसायी महासङ्घको सहयोग तथा स्थानीय सडक तथा पुल सहयोग इकाईको प्राविधिक सहयोग रहेको थियो ।

Loading...