कैलालीमा भूमिहिनलाई जग्गा दिने भन्दै रकम असुली

gyan kendra dadel

अत्तरिया– कैलालीमा भूमिहिनलाई जग्गा दिने भन्दै रकम असुली हुँदै आएको पाइएको छ । जिल्लाको गोदावरी नगरपालिकामा भूमिहिन संघर्ष समिति नै गठन गरेर लाखौ रकम असुली गर्ने काम भइरहेको हो । बिहिवार गठन गरिएको समितिले प्रतिव्यक्तिबाट पाँच सयका दरले नगद संकलन गर्ने काम हुँदै आएको छ ।

Khanepani dadeldhura

कैलाली-कञ्चनपुर सहित पहाडी जिल्लाबाट सयौँको संख्यामा अत्तरिया आएकाहरुबाट समितिले लाखौ रकम असुल गरेको हो । अत्तरियामा भेटिएका डोटीका रणबहादुर कामीले जग्गा पाउने आसामा आएको बताए । उनले भने, ‘कसैले बोलाएको छैन् । जग्गा पाउने हल्ला सुनेपछि आएका हौँ । जुलुसमा पनि जान्छौ ।’ सुदूरपश्चिमका विभिन्न जिल्लाबाट अत्तरिया पुगेकाहरुबाट समितिले सात लाख बढी रकम असुली गरेको छ ।

ajaymeru gaupalika
udhok dadeldhura

गोदावरी नगरपालिका-३ चौकिडाँडाँमा उनीहरु भेला हुने गरेका छन् । अत्तरियामा भेला भएकाहरुलाई जंगल क्षेत्रमा जग्गा उपलब्ध गराउने सपना बाँडिएको छ । एक स्थानीयले ठुलो संख्यामा मानिस आएकाले जग्गा दिन नसक्ने बताए । उनले भने, ‘यो कामलाई कमाई खाने धन्दा बनाइएको छ । राजनीति गर्नका लागि मात्र हो । यति धेरैलाई जग्गा को दिन्छ ? कताबाट देलान ?’

भूमिहिनको व्यवस्था कायम गर, दलित, जनजाती, बाढी पीडित, भुकम्पपीडित लगायतका सम्पुणर् भूमिहिनहरुको प्रत्याभुती गर, कित कानून खारेज गर, होईन भने लागु गर लगायतका नारा उनीहरुले लगाउदै आएका छन ्। सुदूरपश्चिम भूमिहिन मुल सघर्ष समितिका अध्यक्ष धनबहादुर मोरले गोदावरी नगरपालिकाका नगरप्रमुखलाई भेटेर आफ्ना मागहरु राखेको दाबी गरेका छन् ।

तर उनले संकलन गर्दै आएको पाँच सय रुपैयाको कुनै प्रमाण भने समितिले दिएको छैन । डडेल्धुराका एक स्थानीयले तराईमा जग्गा मिल्ने भनेपछि आएको बताइन् । दार्चुलाका पदमसिंह धामीले बुवाको नाममा लालपुर्जा नभएकाले अत्तरिया आएको बताए । भारतबाट जग्गा पाउने भन्दै अत्तरिया आएका एक जनाले पाँच सयको कुनै प्रमाण नदिएको बताए । संयोजक लोकेन्द्रबहादुर रसाईलीले चुनाव जिताएर पठाएका नेताहरुले आफुहरुको व्यवस्था गर्नुपर्ने बताए । समितिका एक जना सदस्यले जग्गा नभएका र घर नभएकाहरुलाई भेला गरिएको दाबी गरेका छन ।

Loading...