कञ्चनपुरमा स्कारपियोसहित २१ ‘बेवारिसे’ सवारीसाधन प्रहरी कब्जामा

कञ्चनपुर– कञ्चनपुर प्रहरीले स्कारपियो सहित २१ बेवारिसे सवारीसाधन कब्जामा लिएको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट एक थान स्कारपियो गाडी सहित २१ थान सवारी साधन बेवारिसे अवस्थामा फेला पारेको हो ।

Dadeldhura hospital

ती सबै सवारी साधन प्रहरीले आफ्नो कब्जामा लिएको छ । आइतवार वडा प्रहरी कार्यालयको प्रहरी टोलीले विभिन्न स्थानबाट बेवारिसे अवस्थामा ठुलो संख्यामा सवारी साधन फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीको गस्ती टोलीले एक स्कारपियो, दुई वटा सुजुकी कार, १७ वटा मोटरसाइकल र एक थान स्कुटर बरामत गरेको हो ।

Navadurga sun
Godawari sandesh

प्रहरीले अन्दाजी २० लाख ६८ हजार मूल्य बराबरका सवारी साधन बरामत भएको बताएको छ । बरामद गरिएका सबै सवारी साधन आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।

Loading...