कैलाली काँग्रेसले जेठ ५ गते जिल्ला सम्मेलन गर्ने

धनगढी– नेपाली काँग्रेस कैलालीले जिल्ला सम्मेलन गर्ने भएको छ । जिल्ला कार्यसमितिले आगामी जेठ ५ गते कैलारी गाउँपालिकाकाको हसुलियामा जिल्ला सम्मेलन गर्ने निणर्य गरेको छ ।

Dadeldhura hospital

कैलालीको मोहन्याल गाउँपालिका-३ स्थित फलेबिसौनामा काँग्रेसका पार्टी सभापति नारायणदत्त भट्टको अध्यक्षतामा शुक्रबार बसेको १० औं बैठकले हसुलियामा जिल्ला सम्मेलन गर्ने निणर्य गरेको कांग्रेस कैलाली जिल्ला कार्यसमितिका प्रचार-प्रसार विभाग प्रमुख तपेन्द्र भुषालले बताए।

Navadurga sun
Godawari sandesh

काँग्रेस पार्टी कार्यालय र पत्रकार महासंघको बिचमा रहेको जमिनमा बिपि स्मृती बैगचा पुस्तकालय निर्माण गर्ने निणर्य गरेको छ । उक्त समितिको अध्यक्ष सचिव केशबराज मिश्रलाई जिम्मेबारी दिएको छ । राष्टिय लोकतन्त्र दिवस २१ बैशाख पाँच बटै निर्वाचन क्षेत्रमा मनाउने निणर्य समेत गरेको छ । जिल्ला सम्मेलन अघि कांग्रेसले वडा स्तरिय, पालिका स्तरिय, प्रदेश निर्वाचन क्षत्र र संघिय निर्वाचन क्षेत्र स्तरिय सम्मेलन गर्ने छ ।

Loading...