कैलालीमा लागुऔषध सहित एक जना पक्राउ

Dadeldhura hospital

धनगढी– कैलालीमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका-७ चर्राका २३ वर्षीय इन्द्रबहादुर कठरिया लागुऔषध सहित पक्राउ परेका हुन् ।

शुक्रबार इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी निरीक्षक मानसिंह ऐरीको कमाण्डमा खटिएको प्रहरी टोलीले ३३ ग्राम लागुऔषधसहित कठरियालाई पक्राउ गरेको छ । उनलाई लागुऔषध सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...