धर्नामा बसेका स्वास्थ्यकर्मी काममा फर्किने

धनगढी- ६ महिनादेखि मासिक तलबभत्ता नपाएको भन्दै नगरपालिका परिसरना धर्नामा बसेका धनगढी उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थकर्मी काममा फर्किने भएका हुन् ।

बिहीवार कर्मचारी ट्रेड युनियनको अगुवाइमा नगरपालिकासँग गरिएको वार्तापछि स्वास्थ्यकर्मीको धर्ना स्थगित भएको हो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सेवा बन्द गरेर आन्दोलन गर्दा सर्वसाधारणलाई मर्का पर्ने भन्दै नियमित काममा जाने तर बिरोध स्वरुप कालोपट्टी बाधेर काम गर्ने आन्दोलनरत स्वास्थ्यकर्मीले बताएका छन् ।

धनगढीका स्वास्थ्यकर्मीले तलबभत्ता नपाएको विषयमा कर्मचारी संगठनहरूले पनि ध्यानाकर्षण भएको भन्दै उपमहानगरलाई तलबभत्ता खुवान आग्रह गरेका थिए । उपमहानगरपालिकाले यो महिनाभित्र संघीय सरकारबाट रकम निकासा गराएर कर्मचारीहरूलाई तलबभत्ता खुवाउने प्रतिबद्धता गरेपछि धर्नाको कार्यक्रम स्थगित गरिएको धनगढीको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए ।

Loading...