कैदीबन्दीको समस्या न्यूनीकरण गर्न नेबिसंघद्वारा प्रशासनलाई ज्ञापन पत्र

धनगढी- नेपाल विद्यार्थी संघ कैलालीले जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा कैदी बन्दीहरुले बस्ने ठाउँमा स्वच्छ खानेपानी एबम् गुणस्तरीय शौचालय नभएकाले विभिन्न समस्याहरू भोग्नुपरेको र विभिन्न सरुवा रोगहरू हुन सक्ने सम्भावना रहेको हुनाले उक्त समस्यालाई समयमै न्यूनीकरण गर्नका लागि तथा कैदीहरुलाई स्वच्छ वातावरणमा बसाउनु पर्ने माग राख्दै नेबिसंघ कैलालीले ज्ञापन पत्र बुझाएको अध्यक्ष मनिष कुँवरले बताए ।

Dadeldhura hospital

नेबिसंघ नेपालको शैक्षिक, राजनीतिक, आर्थिक, सामाजिक, विकृति विसंगतिलाई न्यूनीकरण गर्नको लागि स्थापना कालदेखि नै सक्रिय भूमिका निभाउदै आइरहेको र अझै निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरिने अध्यक्ष कुँवर बताए । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी युवराज कटेलले माग जायज रहेको र पूरा गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताएका छन् ।

Navadurga sun
Godawari sandesh

Loading...