सेती प्रादेशिक अस्पतालमा जनशक्ति र स्वास्थ्य उपकरण थपियो

धनगढी, २० जेठ- दोस्रो लहरको कोरोना संक्रमणपछि सेती प्रादेशिक अस्पतालमा जनशक्ति र स्वास्थ्य उपकरण थपिएका छन् । संक्रमितको उपचार गर्न अक्सिजन सिलिण्डर, अक्स्जिन कन्सन्ट्रेटर, आइसियू उपकरण र ४४ जना जनशक्ति थप गरिएको हो । बिरामीको चाप बढेसँगै जनशक्ति र उपकरण थप भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा अक्सिजन सिलिण्डरको संख्या ५७ वटा रहेकोमा अहिले ४ सय ५९ थप भएर ५ सय १६ पुगेको छ । त्यस्तै कोभिड अघी अस्पतालमा एउटा पनि अक्सिजन कन्सन्ट्रेटर थिएनन् । अहिले अस्पतालमा ३६ वटा कन्सन्ट्रेटर जडान भएका छन् । यसले अक्सिजनको सुविधानमा धेरै राहत भएको श्रेष्ठले जानकारी दिए । त्यस्तै ६ वटा थप भएर आइसियू बेड संख्या १६ पुगेको छ । भेन्टिलेटर भने थप भएका छैनन् । अस्पतालमा १० वटा भेन्टिलेटर रहेकोमा कोभिड र ननकोभिड बिरामीका लागि ५/५ वटा छुट्याइएको छ ।

Navadurga sun

त्यसैगरी अस्पतालमा कर्मचारी पनि थप भएका छन् । ४१ स्टार्फ नर्स, २ जना ल्याब टेक्निसियन र १ जना ल्याब टेक्नोलोजिस्ट गरी ४४ जना कर्मचारी थप भएको सूचना अधिकारी श्रेष्ठले बताए । उनले संघ, प्रदेश र विभिन्न दानादाताहरूको सहयोगमा उपकरण थप भएको बताए ।

अहिले अस्पतालमा थप उपकरण, जनशक्ति थपिएपछि कोभिडका बिरामीको उपचारमा सहज भएको छ, पहिला अस्पतालबाहिर टेण्ट राखेर उपचार गर्नुपर्ने अवस्था थियो, अहिले त्यस्तो छैन, अक्सिजनको अभाव छैन, अस्पालमा अन्य वार्डका बेडहरूलाई पनि हामीले कोभिडका लागि छुट्याएका छौं,’ उनले भने । सेती प्रादेशिक अस्पतालमा बुधवार ५१ जना कोभिडका बिरामी उपचाररत् छन् । तीमध्ये ३ जना भेन्टिलेटर, ११ जना आइसियू र बाँकीलाई अक्सिजन दिएर उपचार भइरहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...