नेता भीम रालवलले गलत गर्दै आएका छन् : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रालवलले गलत गर्दै आएको बताएका छन । पौडेलले शुक्रवार बिहान धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले गल्तिमाथि गल्ति गर्दै आएको बताएका हुन् । एमालेको नीति, अनुशासन, विधि र निणर्यलाई भीम रावलले नमानेको उपाध्यक्ष पौडेलले बताए ।

उनले भने, ‘भीम रावल जीले पार्टीको अनुशासनको दृष्टिकोणले, पार्टीको जिम्मेवार सदस्यले निर्वाह गर्नुपर्ने कर्तव्यको दृष्टिकोणले, उहाँले विगतमा लामो समयसम्म पार्टीमा नेतृत्व गर्नु भएको पृष्टभूमिलाई हेरेर भन्ने हो भने, उहाँले पार्टीको कर्तव्य निर्वाह गर्नु भएको छैन।’ एमालेका नेता रावलले पार्टी सदस्यको कर्तव्य पालना नगरेको, पार्टीको विरुद्धमा बोल्दै आएको, पार्टीका निणर्य नमानेको र पार्टीलाई कमजोर पर्ने गतिविधि गर्दै आएका पौडेलले बताए ।
भीम रावलले एकपछि अर्को गल्ति गर्दै गएका उपाध्यक्ष पौडेलले बताए । भीम रावललाई गल्ति स्वकार गर्न र क्षमा माग्न उनले आग्रहसमेत गरेका छन् । पार्टीको सल्लाकार परिषदको सदस्यको भूमिका पनि उलंघन गरेको पौडेले बताए । उनले थपे, ‘गल्ति गर्दै आउनु भएको छ । एकपछि अर्को गल्ति नगर्नु । माफी माग्नु ।

Malpot office dadeldhura

गल्ति स्वीकार गर्नु । तर यहि अवस्था, पार्टीका निणर्य नमान्ने, पार्टी विरुद्धमा गतिविधि गर्दै जाने हो भने, पार्टीले हेरेर बस्न सक्दैन । पार्टीले उपयुक्त निणर्य गर्छ ।’ एमालेका नेता रावल पार्टीको सिमाभन्दा टाढा गएको पौडेलको आरोप छ । ‘भीम रावल जीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन । उहाँले पार्टीको निणर्य मान्नुभएको छैन ।

अनुशासन उल्लङ्घन गर्नुभएको छ । पार्टी निणर्यविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ । पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेका छन्,’ पौडेलले भनेका छन् । रावलले चितवन महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध काम गर्दै आएको भन्दै पौडेलले आत्मालोचना नगरे पार्टीले ‘उचित निणर्य’ लिने बताएका छन् ।

पौडेलले थपे, ‘एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस् । नीति, विधिलाई पालना गर्नुस् । उहाँ नसचिए पार्टीले उचित निणर्य लिन्छ ।’ यसअघि पनि अछाम पुगेका पौडेल र रावलबीच आरोप प्रत्यारोप चलेको थियो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...