छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाईनलमा थ्रीस्टार क्लब

Purbadhar dadeldhura

धनगढी– थ्रीस्टार क्लब धनगढीमा जारी छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाईनलमा पुगेको छ । धनगढी रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाईनल खेलमा १० खेलाडीमा सिमित रहेको थ्रीस्टार आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबलाई टाईब्रेकरमा ४-२ ले हराउँदै उपाधि नजिक पुगेको हो । यसअघि दुबै टोलीले १-१ को बराबरी खेलेका थिए ।

Malpot office dadeldhura

टाईब्रेकरमा थ्रीस्टारका लागि कप्तान विक्रम लामा, आदित्य शाक्य, मेथेन्जु र अशोक खवासले गोल गरे । सुदुरपश्चिम ११ का फागुराम थारु र माईकल शाहीले गोल गरे । विमल ओली र बिष्णु चौधरीको प्रहार थ्रीस्टारका गोलरक्षक मोहमद ताहाले बचाए । पहिलो हाफको ४२ औं मिनेटमा थ्रीस्टारका दिपेश गुरुङ रातो कार्ड खादैं बाहिरिएपछि थ्रीस्टार १० खेलाडीमा सिमित भएको थियो । ८३ औं मिनेटमा थ्रीस्टारका कप्तान विक्रम लामाले गोल गर्दै अग्रता दिएका थिए । दोस्रो हाफको अतिरिक्त समयको एक मिनेटमा सुदुरपश्चिम ११ का माधव भण्डारीले गोल गर्दै खेल बराबरी गरेका थिए । थ्रीस्टारका कप्तान विक्रम लामा खेलको म्याच अफ द म्याच भए ।

हालै सकिएको २२ औं तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा थ्रीस्टार सुदुरपश्चिम ११ सँग पराजित भएको थियो भने ४ चौथो संस्करणको उपाधि जित्दा पनि सुदुरपश्चिम ११ ले थ्रीस्टारलाई नै हराएको थियो । थ्रीस्टारले उपाधिका लागि अब साविक विजेता मनाङ मस्याङ्दीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको उपाधिका लागि १८ गते शनिबार धनगढी रंगशालामा खेल हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । विधागत तर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...