कञ्चनपुरमा अवैध काठ बरामद, एक जना पक्राउ

Dadeldhura hospital

कञ्चनपुर– कञ्चनपुरमा अवैध काठ बरामद गरिएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ४ बाट अवैध काठ सहित एक जना पक्राउ परेका हुन् । कृष्णपुर नगरपालिका ४ किचाहीका राममिलन राना काठसहित पक्राउ परेको प्रहरीले बताएको छ ।

उनी घरमा १६ दशमलव ३३ क्यूफिट अवैध काम लुकाएको आरोपमा पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय गुलरिया र सब डिभिजन वन कार्यालय बाणीको संयुक्त समूहले उनलाई पक्राउ गरेको हो । उनीमाथी थप अनुसन्धान भैरहेको छ ।

Loading...