सुदूरपश्चिम प्रदेशमा भोलीदेखि एसईईको परिक्षा हुँदै

प्रदेशमा नियमित, एक्ज्याम्टेड र ग्रेड गरी ५५ हजार ३ सय ७६ विद्यार्थीहरुको सहभागिता रहने

Purbadhar dadeldhura

धनगढी– सुदूरपश्चिम प्रदेशमा शुक्रबारदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको छ । प्रदेशका ९ वटै जिल्लामा तयारी पुरा भएको शिक्षा विकास निर्देशनालय दीपायल डोटीले जानकारी दिएको हो । सुदूरपश्चिममा २ सय ८ वटा परीक्षा केन्द्र रहेको निर्देशनालयले जानकारी दिएको छ ।

शुक्रबार माध्यामिक शिक्षा परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने भएको छ । परिक्षा विहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टले एसईईका लागि आवश्यक सम्पूणर् तयारी पुरा भईसकेको बताए । उनले आवश्यक उत्तरपुस्तिका सबै परिक्षा केन्द्रमा पुगिसकेको बताए । परिक्षा केन्द्रमा सुरक्षा व्यवस्था कडाई बनाइएको छ । प्रदेशमा नियमित, एक्ज्याम्टेड र ग्रेड गरी ५५ हजार ३ सय ७६ विद्यार्थीहरुको सहभागिता रहने जनाइएको छ ।

Malpot office dadeldhura

प्रदेशमा नियमित धारतर्फ ५० हजार पाँच सय ७४, ग्रेड वृद्धितर्फ १ हजार ८ सय ५८ र प्राविधिक धारतर्फ २ हजार ९ सय ४४ विद्यार्थी छन् । प्रदेशमा जम्मा २ सय ८ परिक्षा केन्द्रहरु रहेका छन् । सबैभन्दा बढी ५३ परिक्षा केन्द्र रहेको कैलालीमा १७ हजार ७ सय ४२ विद्यार्थी र सबैभन्दा कम १२ केन्द्र रहेको डडेल्धुरामा २ हजार ६ सय ८९ विद्यार्थी छन् । १२ केन्द्र रहेको डोटीमा ३ हजार ७ सय ७२ विद्यार्थी, १५ केन्द्र रहेको बाजुरामा ३ हजार १ सय ६३ विद्यार्थी सहभागि हुने छन भने १८ केन्द्र रहेको बझाङमा ४ हजार ४ सय विद्यार्थी सहभागि संख्या रहेको निर्देशनालयले जनाएको छ ।

अछाममा ५ हजार ७३ विद्यार्थी रहेकोमा २४ परिक्षा केन्द्र, दार्चुलामा २ हजार ९ सय ७१ विद्यार्थी रहेका छन भने १६ परिक्षा केन्द्र कायम गरिएको छ । बैतडीमा ५ हजार ३ सय ५१ परिक्षार्थी रहेकोमा २५ परिक्षा केन्द्र र कञ्चनपुरमा १० हजार २ सय १५ परिक्षार्थी रहेकोमा ३३ परिक्षा केन्द्र कायम गरिएको छ । क्रमशः नियमिततर्फ कैलालीमा १६ हजार ६ सय ३०, ग्रेडतर्फ ७ सय २ र प्राविधिकतर्फ ४ सय १० परिक्षार्थी रहेको निर्देशनालयले जनाएको छ ।

त्यस्तै यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार २ लाख ६० हजार ६७४ छात्र र २ लाख ५५ हजार ९१७ छात्राले एसईई परीक्षा दिँदैछन् । परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरुमा पठाइ सकिएको छ । एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...