

अत्तरिया- कैलालीको अत्तरियामा सुदूरपश्चिम भूमिहिन संघर्ष समितिद्धारा विरोध प्रदर्शन गरिएको छ । बिहिबार उनीहरुले नारा जुलुस गर्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले गोदावरी नगरपालिका कार्यालय अगाडी पनि विरोध प्रदर्शन गरेका थिए । उनीहरुले ‘आकाश मुनि पहरा, देउन सरकार पहरा’, ‘हाम्रो एउटै चाहना, गर्न पाइन्न बाहाना’ लगायतका नारा लगाएका थिए ।



सुदूरपश्चिम भूमिहिन सघर्ष समितिका सदस्य खगेन्द्र ताम्राकारले भूमिहिनलाई भूमि संगै गास बास कपासको व्यवस्था गरिनुपर्ने आफूहरुको माग गरेको बताए । उनले कुनै पनि ठाउँमा भूमि नभएकाहरुले जग्गा उपलब्ध हुनुपर्ने माग गर्दै आन्दोलन गरेको बताए ।


सुदूरपश्चिम भुमिहिन संर्घष समितीले गोदावरी नगरपालिका वडा नम्बर ३ चौकीडाँडाबाट र्यालीसहित ३ को वडा कार्यालयमा पुगेर गोदावरी नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

