ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान-श्रीमतीको मृत्यु, छोरी घाइते

Purbadhar dadeldhura

काठमाडौं- ललितपुरको महांकालमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान(श्रीमतीको मृत्यु भएको छ। मंगलबार बिहान पौने ११ बजे महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल रातोपहिरोस्थित भित्री सडकमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साहले जानकारी दिए।

Malpot office dadeldhura

बुखेलबाट गोटीखेल जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको डिएसपी साहले बताए।

दुर्घटना हुँदा बागमती गाउँपालिका वडा नम्बर ७ घर भई महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल बस्ने ३५ वर्षीय विष्‍णुप्रसाद फुँयाल र पछाडि सवार उनकी ३४ वर्षीया श्रीमती सृजना फुँयालको मृत्यु भएको हो।

उक्त मोटरसाइकलमा सवार उनीहरूकी ५ वर्षीया छोरी सृजला फुँयाल गम्भीर घाइते भएकी छन्। उनको पाटन अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको छ।

 

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...