रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आजदेखि चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ।

महाधिवेशनमा देश तथा विदेशस्थित सम्पर्क समितिबाट छनोट भएका झण्डै ३ हजार ९१८ प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशनका लागि स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायतका अधिकांश तयारी पूरा भएको रास्वपाले जनाएको छ।

Navadurga sun

महाधिवेशनले पार्टीको विधान संशोधन गर्दै १५१ सदस्यीय केन्द्रीय समिति गठन, पदाधिकारीमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्ने व्यवस्था तथा नयाँ नेतृत्व चयनका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ। साथै, संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति तय गर्ने र जनसम्बन्ध विस्तार गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...