बैतडीमा गाई मारेको आरोपमा एकजना पक्राउ

बैतडी- बैतडीमा गाई मारेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका ३ जड्याखालीका रमेश भुललाई प्रहरीले पक्राउ गरेको हो।

Dadeldhura hospital

भुलले सोमबार साँझ आफ्नै घरमा पालेका तिन ओटा गाईलाई मारेको खबर प्राप्त भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

Navadurga sun
Godawari sandesh

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले मदिरा सेवन गरेर घरमा आएका भुलले घरमै बाँधेका गाईलाई काठले टाउकोमा हानेर मारेको बुझिएको बताए।

उनलाई पक्राउ गरेर पशुपन्छि सम्बन्धी कसुरमा कारवाही हुने र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गाई मारेको घटना सार्वजनिक भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो।

 

 

Loading...