ढुंगा लागेर बैतडीका एक जनाको मृत्यु

बैतडी- बैतडीका एक जनाको ढुंगा लागेर भारतमा मृत्यु भएको छ। कामको सिलसिलामा भारतमा रहेका  डिलाशैनी गाउँपालिका-६ गोकुलेश्वरका ३० बर्षका नरीराम ओडको ढुंगा लागेर भारतमा मृत्यु भएको प्रहरीले जनाएको छ।

नारायण आश्रम रोड अन्तर्गत काकडपानी भन्ने स्थानमा सडक निर्माणमा संलग्न रहेका ओडको सडक माथिबाट खसेको ढुंगा लागेको भारतीय प्रहरीले जनाएको छ।

Navadurga sun

सोमबार सडकमाथिबाट खसेको ढुंगा लागेर ओडको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। भारतको पिथौरागढ जिल्ला अन्तर्गत पर्ने सो सडक निर्माणको काममा ओडसमेत काम गर्दै आएका थिए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...