कैलालीको धनगढी रहेकोे लक्ष्मीनारायण मन्दिरले मनायो ४० औं स्थापना दिवस

धनगढी– कैलालीको धनगढीमा रहेको एक मन्दिरको स्थापना दिवस मनाइएको छ । जिल्लाको धनगढी उपमहानगरपालिकाको एलएन चोकमा रहेको लक्ष्मीनारायण मन्दिरको ४० औं स्थापना दिवस मनाएको हो ।

Dadeldhura hospital

मन्दिरको ४० औं वार्षिकोत्सवकोे सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी र मन्दिरका प्रमुख आचार्य आबाल ब्रह्मचारी कविराज श्री १००८ देवराज आचार्य स्वामीजी महाराजले संयुक्त रुपमा उदघाटन गरेका हुन ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त कार्यक्रममा मन्दिर स्थापनार्थ सुरुवात देखि गरिएको संघर्षका तथा मन्दिरको इतिहासको बारेमा विभिन्न वक्ताहरुले आआफ्नो धारणा राखेका थिए । गोदावरी धामका प्रमुख पदमराज जोशीले सफा मनले विश्वास र कर्म गरे मागेकोे कुरा प्राप्त हुने बताए । तर पछिल्लो समय जनमासमा देव तथा भग्वान प्रतिको विश्वास घट्दै गएको बताए ।

कार्यक्रममा नेपाल सरकारका पुर्व सचीव बामन प्रसाद न्यौपाने लगायतले आआफ्नो धारणा राखेका थिए । चैत १० देखि १४ गतेसम्म वार्षिकोत्सव मानाइने लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पाँच दिनसम्म चल्ने वार्षिकोत्सवमा रामभक्त हनुमानजीको उत्सव, कथा प्रवचन तथा भजन-कीर्तन गरिने मन्दिरका व्यवस्थापक हरिपसन्न न्यौपानेले बताए । साथै कार्यक्रममा कोषाध्यक्ष रघुनाथ भट्टराईले मन्दिरको आयब्यय समेत प्रस्तुत गरेका थिए ।

Loading...