साहित्य क्षेत्रले राजनीतिज्ञलाई खबरदारी गर्नुपर्छ: नेता ज्ञवाली

धनगढी- नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले साहित्य क्षेत्रले नेपाली राजनीतिज्ञलाई जिम्मेवार र उत्तरदायी बनाउन मद्दत पुगेको बताएका छन् । धनगढीमा जारी विश्व नेपाली नारी साहित्य महोत्सवमा समाज, साहित्य र राजनीतिको अन्तरसम्बन्धमा बोल्दै उनले भने, हामीले सबै खालका राजनीतिक परिवर्तन गरिसकेका छौ तर हामीले खोजेको जस्तो समाज बनाउन सकेका छैनौ त्यसका लागि साहित्य जगतले खबरदारी गर्नुपर्छ ।

पहिले जे, जस्तो भए पनि राजाको जेठो छोरो राजा हुने प्रचलन थियो, छोरा भन्दा जेठी छोरी हुँदा पनि राजा छोरै हुन्थ्यो अहिले जनताको छोराछोरी राष्ट्र अध्यक्ष हुने गरेका छन् यो ठुलो उपलब्धि हो, अहिले सेतोलाई सेतो कालोलाई कालो भन्न पाइन्छ नेता ज्ञवालीले भने, सञ्चार र भौतिक क्षेत्रमा पनि ठुलो परिवर्तन भएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

साहित्यले यथार्थलाई पुर्न सृजना गर्छ साहित्यकार समेत रहेका नेता ज्ञवालीले भन्नुभयो, साहित्यले नेपालको राजनीतिलाई सकारात्मक प्रभाव पारेको छ ।

उनले वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यात्मक अवस्था रोक्न नसक्नु नेपालको सबैभन्दा ठुलो चुनौती रहेको पनि बताए । फरक प्रसङ्गमा उनले राजनीतिक सक्रियताले आफ्नो साहित्यिक व्यक्तित्व निक्कै पुड्को भएको समेत उल्लेख गरे ।

एक प्रश्नको जवाफमा उनले सुदूरपश्चिमको विकासका लागि आफूले पहल गर्ने बताउँदै सुदूरपश्चिमको साहित्य क्षेत्रले आफ्नो मूल्य जोगाएको चर्चा पनि गरे । कार्यक्रमको सहजीकरण वरिष्ठ पत्रकार मनमोहन स्वाँरले गरेका थिए ।

Loading...