कञ्चनपुरको एक पोल्ट्री फर्ममा आगलागी

कञ्चनपुर- कञ्चनपुरको एक पोल्ट्री फर्ममा आगलागी भएको छ। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ५ को एक पोल्ट्री फर्ममा आगलागी हुँदा सात लाखको क्षति भएको प्रहरीले बताएको छ।

बेदकोट नगरपालिका वडा नम्बर ५ का ४१ वर्षिय टंकप्रसाद जोशीको गोठमा आगलागी हुँदा पोल्ट्री फर्ममा आगो सल्कीएको हो।

Navadurga sun

शुक्रवार दिउँसो गोठमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। गोठमा लागेको आगो श्री लटिनाथ पोल्ट्री फर्ममा सल्किएको थियो।

उक्त फर्ममा ६ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएको छ। स्थानीयको पहलमा आगो नियन्त्रणमा आएको बताइएको छ।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...