कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

कैलाली – कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मोहन्याल गाउँपालिका–५ तालबन्दस्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा गौरीगङ्गा नगरपालिका–७ का ४५ वर्षीय चक्रबहादुर जेठाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

से २ त २८५० नम्बरको उक्त ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका जेठाराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुल दीप चन्दले जानकारी दिए।

Navadurga sun

दुर्घटनामा मोहन्याल गाउँपालिका–५ की २० वर्षीया निर्मला रोका मगर र सोही ठाउँकी ४० वर्षीया गौमती विक घाइते भएका छन्। प्रहरीका अनुसार उनीहरूको मसुरियास्थित मेडिकलमा उपचार भइरहेको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...