अत्तरियामा ईनपावरमेन्ट सेमिनार उईथ सौनक भट्ट कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीको अत्तरियामा त्रिनयन नेपाल र हिसान नेपालको आयोजनामा एक दिने इन पावरमेन्ट सेमिनार उईथ सौनक भट्ट कार्यक्रम सम्पन्न गरिएको छ । उक्त सेमिनार कार्यक्रम अत्तरियामा रहेको नमस्ते पार्टी प्यालेसमा सम्पन्न गरिएको हो ।

Navadurga sun

विद्यार्थीहरुलाई लक्षित गरेर आगामी दिनहरुमा आफ्नो भविष्यका लागि कस्तो किसिमको वातावरणमा पढाई गर्दा सहज रहने र कुन कुराले आफुलाई लामो समय सम्म लाभ दिन्छ भन्ने कुराको ज्ञान विद्यार्थीहरुमा हुन आवश्यक रहेको प्रशिक्षक भट्टले बताए । आफु भित्रको प्रतिभालाई चिन्न जरुरी रहेको कुरा राख्नै यसै बिषयमा आफ्नो जिवनका भोगाईलाई बिद्यार्थीहरुमा सेयर गर्दै प्रशिक्षक भट्टले विद्यार्थीहरुलाई विशेष ध्यानाकर्ष तालिम दिएका हुन् ।

अत्तरियामा रहेको विभिन्न बिद्यालयका विद्यार्थीहरुलाई अरुको देखिसिकी नगरी आफ्नो घरपरिवारको अवस्था तथा आफु भित्र रहेको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको त्रिनयन नेपालका संस्थापक अध्यक्ष तथा कार्यक्रमका संयोजक जय धामीले बताए ।

त्यस्तै मेसिनार कार्यक्रममा ३ सय जति विद्यार्थीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा युवा उद्यमशी र अत्तरियाका क्याम्पसका प्रिन्सिपलहरु, बिद्यालयका प्रिन्सिपलहरु लगायतको उपस्थिति रहेको थियो ।
उक्त संस्थाले यस्ता किसिमका प्रेरणादायी कार्यहरु गर्दै आइरहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...