जन्मथली मञ्च सुदूरपश्चिमको सार्वजनिकरण, नयाँ वर्षको अवसरमा कन्सर्ट हुने

gyan kendra dadel

अत्तरिया– कैलालीको अत्तरिया जन्मथली मञ्चले पत्रकार सम्मेलन गरी मञ्चको सार्वजनिकरण गरेको छ । शनिबार आयोजक टिमले पत्रकार सम्मेलन गरी “विविधता एकता हाम्रो पहिचान, स्थानीय कला र संस्कृति हाम्रो सान“ शीर्षकका साथ जन्मथली मञ्च सुदूरपश्चिमको सार्वजनिकरण तथा पत्रकार सम्मेलन गरेको हो ।

Khanepani dadeldhura

ajaymeru gaupalika

मञ्चलका अध्यक्ष चक्र बमको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगर उप प्रमुख शारदा देवी रोकाया रहेकी थिइन् ।

कार्यक्रममा प्रमूख अतिथी गोदावरी नगरपालिका नगर उप प्रमूख शारदा देवी रोकायाले विदेशी संस्कृति आइरहेको यस्तो युगमा जुन यो जन्मथली मञ्च सुदुरपश्चिम गठन गर्नु भएकोमा तदर्थ समितिलाई धन्यबाद दिदै सुदूरपश्चिमको कला संस्कृति, भेषभुषा जगेर्ना गर्न यस मञ्चको अहम भुमिका रहने बताइन् । उनले भनिन, ‘यस प्रदेशका ९ वटै जिल्लामा रहेका आदिवासी जनजाति, राना चौधरी समुदाय, मगरसंघ साथै महिला कलाकारहरुको प्रस्तुति संस्कृतिहरुलाई यस मञ्चमा समेट्न सके अझ राम्रो हुनेछ ।’

udhok dadeldhura

त्यस्तै कार्यक्रममा विशिष्ठ अतिथि गोदावरी नगपालिका नगर प्रवक्ता गोपाल दत्त भट्टले जन्मथली मञ्च सुदुरपस्चिमको सार्वजनिक गरिएकोमा उत्तरोत्तरप्रगतीको कामना तथा धन्यबाद ज्ञापन गरेका थिए । ‘सुदूरपश्चिम आफैमा कला संस्कृतिको धनी हो ।’ उनले भने, ‘यस जन्मथली मञ्च सुदूरपश्चिम सार्वजनिकरण भए संगै यस मञ्चले सुदूरपश्चिमका विभिन्न ठाउँहरुमा लुकेका सांस्कृतिक, लोक देउडा, थारु समुदायको संस्कृति, कलाहरुलाई यस मञ्चले उजागर गर्न सके राम्रो हुने छ ।’

त्यस्तै कार्यक्रममा विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका नगर प्रवक्ता गोपाल दत्त भट्ट रहेका थिए । विभिन्न संघ सस्थाका पदाधिकारी प्रतिनिधिहरु, नगर भित्र रहेका वडाध्यक्षहरु, कलाप्रेमी, बुद्धिजिवी, समाजसेबी, साहित्यकारको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित विभिन्न संघ संस्थाका पदाधिकारी प्रतिनिधिहरले जन्मथली मञ्च सुदूरपस्चिमको सार्वजनिकरण सुदूरपस्चिमको कला संस्कृतिहरुलाई जगेर्ना गर्न निम्ति सदैब साथ दिने साथै देश विदेशमा प्रभावकारी बन्ने सल्लाह सुझाव समेत राखेका थिए ।

त्यसैगरी सुदुरपश्चिम प्रदेशको केन्द्र बिन्दु कैलालीको गोदावरी नगरपालिका अत्तरियामा कन्सर्ट हुने भएको छ । नयाँ वर्ष २०८० को अवसरमा वैशाख १ गतेका दिन जन्मथली मञ्च सुदूरपश्चिम र क्युरिक्स डान्स स्टुडियो अत्तरियाको आयोजनामा कन्सर्ट कार्यक्रममा स्थानीय कला संस्कृती जगेर्ना गर्ने उद्देश्यका साथ कार्यक्रम हुने आयोजकले जनाएको छ ।

नयाँ बर्षमा हुन गइरहेको कन्सर्ट कार्यक्रममा लोकप्रिय चर्चित गायक चक्र बमद्वारा साङ्गीतिक प्रस्तुति हुने, साहित्य, नृत्य प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा जन्मथली मञ्चले सुदूरपश्चिम भित्र रहेका कला संस्कृतिहरुलाई सुदूरपस्चिम मै मात्र नभएर देश विदेश भरी चिनाउने उद्देश्यका साथ स्थापना गरेको जन्मथली मञ्चका सचिव खेम भट्ट (बतास) ले बताए । उनले स्थानीय कला संस्कृती जगेर्ना गर्ने उद्देश्यका साथ यस जन्मथली मञ्च सुदूरपश्चिमको सुरुवात गरेको बताए ।

Loading...