आजदेखि नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै नवनियुक्त आईजीपी कुँवर

Dadeldhura hospital

काठमाडौँ- नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले आजदेखि नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै छन्। कुँवरलाई सरकारले हिजो (शुक्रबार) मात्र एआईजी (अतिरिक्त महानिरीक्षक) बाट आईजीपीमा बढुवा गरेको हो।

३० वर्षे सेवा अवधिका कारण यसअघिका आईजीपी धीरजप्रताप सिंहले शुक्रबार अवकाश पाएपछि हिजो बसेको मन्त्रिपरिषद् बैठकले रिक्त स्थानमा कुँवरलाई ल्याएको हो। नवनियुक्त आईजीपी कुँवरले आजदेखि औपचारिक रूपमा नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका हुन्।

Navadurga sun
Godawari sandesh
Loading...