मिथिलामा चैती छठ सुरु

महोत्तरी-  मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (चैती छठ) पर्वको विधि सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन्। पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत संकल्प गरी चोखो खाने चलन छ।

Dadeldhura hospital

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो। शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ। मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ। यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिँदैनन्।

Navadurga sun
Godawari sandesh

पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिन अर्थात् षष्टी तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदा सूर्यलाई पवित्र जलाशयको घाटमा कम्मरसम्म पानीमा चोवलिएर अर्घ्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ। अन्तिम दिन सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई घाटमै अर्घ्य दिएर पर्व सम्पन्न गरिन्छ। यो विधिलाई ‘भोरका अरख’ र ‘पारन’ पनि भनिन्छ।

छठ पर्वमा ठकुवा, भुसुवा (कसार) सहितका मिष्ठान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीसहितका सामग्री बर्तालुुले अर्घ्यका बेला सूर्यतर्फ देखाउने गर्छन्। छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो। यो व्रतको प्रभावले हरेक मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।

Loading...