धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु

धनगढी- मौलिक कलाले सम्पन्न भूमि सुदूरपश्चिम प्रदेशको धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव सुरु भएको छ । भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सुदूरपश्चिमाञ्चल साहित्य समाजले विश्व नेपाली नारी साहित्य महोत्सवको शुक्रबारबाट आयोजना गरेको हो । तीन दिनसम्म चल्ने साहित्य महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका हुन् ।

Dadeldhura hospital

महोत्सवमा नेपाल सहित भारत, भुटान, अमेरिका लगायतबाट नेपालीभाषी साहित्यकारको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । तीनदिने साहित्य महोत्सवमा साहित्य र साहित्यसँग सम्बन्धित विविध विषयमा छलफल हुने समाजका सल्लाहकार रामलाल जोशीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

महोत्सवमा चर्चित कृति जीवन काँडा कि फूलका लेखक झमक घिमिरे सहित देशभरकै चर्चित साहित्यकारको सहभागिता छ । महोत्सवको पहिलो दिन साँझ काव्य अराधना र दोस्रो दिन गजल सन्ध्या पनि हुने आयोजकले जानकारी दिएको छ । साहित्य महोत्सव उद्घाटनको अवसरमा विभिन्न सामुदायको मौलिक नृत्य प्रस्तुत गरिएको थियो ।

Loading...