धनगढीमा ईनपावरमेन्ट सेमिनार उईथ सौनक भट्ट कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको धनगढीमा त्रिनयन नेपाल र हिसान नेपालको आयोजनामा एक दिने इन पावरमेन्ट सेमिनार उईथ सौनक भट्ट कार्यक्रम सम्पन्न गरिएको छ । उक्त सेमिनार कार्यक्रम धनगढीको रिद्धिसिद्धि प्यालेसमा सम्पन्न गरिएको हो ।

Navadurga sun

कक्षा १० मा पढ्ने विद्यार्थी एसईई दिने विद्यार्थी तथा कक्षा १२ मा पढीरहेका विद्यार्थीहरुलाई लक्षित गरेर आगामी दिनहरुमा आफ्नो भविष्यका लागि कस्तो किसिमको वातावरणमा पढाई गर्दा सहज रहने र कुन कुराले आफुलाई लामो समय सम्म लाभ दिन्छ भन्ने कुराको ज्ञान विद्यार्थीहरुमा हुन आवश्यक रहेको प्रशिक्षक भट्टले बताए । आफु भित्रको प्रतिभालाई चिन्न जरुरी रहेको कुरा राख्नै यसै बिषयमा आफ्नो जिवनका भोगाईलाई बिद्यार्थीहरुमा सेयर गर्दै प्रशिक्षक भट्टले विद्यार्थीहरुलाई ११ बजे देखि १ बजे सम्म विशेष ध्यानाकर्ष तालिम दिएका हुन् ।

धनगढीमा रहेको विभिन्न बिद्यालयका एसइइ दिने तथा कक्षा १२ मा पढ्ने विद्यार्थीहरुलाई अरुको देखिसिकी नगरी आफ्नो घरपरिवारको अवस्था तथा आफु भित्र रहेको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको त्रिनयन नेपालका संस्थापक अध्यक्ष तथा कार्यक्रमका संयोजक जय धामीले बताए ।

त्यस्तै मेसिनार कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा युवा उद्यमशी र धनगढीका विभिन्न याम्पसका प्रिन्सिपल लगायतको उपस्थिति रहेको थियो ।

उक्त संस्थाले यस्ता किसिमका प्रेरणादायी कार्यहरु गर्दै आइरहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...