बैतडीमा आजदेखि यू–१६ क्रिकेट छनोट प्रतियोगिता

बैतडी- बैतडीमा १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुक्रबार सुरु हुँदैछ। यहाँका पालिकाबाट छनोट भएर आएका खेलाडीबाट टोली बनाएर प्रतिस्पर्धा गराउन लागिएको हो।

Dadeldhura hospital

बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोगटीका अनुसार छनोट प्रतियोगितामा सहभागी गराउन सबै पालिकालाई जिल्ला क्रिकेट संघले पत्राचार गरेको छ । सहभागी हुने खेलाडीले अनिवार्यरूपमा उमेर खुल्ने कागजपत्र पेश गर्नुपर्नेछ।

Navadurga sun
Godawari sandesh

छनोट प्रतियोगिता देहिमाडौँस्थित निङ्ग्लाशैनी खेल मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका आधारमा जिल्ला टोली छनोट गर्ने प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए। छनोट भएको टोलीले प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ।

नेपाल क्रिकेट संघ ९क्यान०ले मलेशियामा हुने १६ वर्षमुनिको क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला छनोट यही चैत १५ भित्र गरिसक्न निर्देशन दिएको थियो।

 

Loading...