कैलालीको अत्तरियामा रहेको राधा कृष्ण मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं.२ अत्तरियामा रहेको राधा कृष्ण मन्दिरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ तथा ज्ञान विज्ञान धार्मिक महोत्सव सुरु भएको छ ।

Navadurga sun

सप्ताह महायज्ञ तथा धार्मिक ज्ञान विज्ञान महोत्सवको बिहिबार समाजसेबी, उद्योगपति, अग्रणी व्यक्ति लालबहादुर बोगटीले उद्घाटन गरेका हुन् ।महायज्ञ आयोना मुल समितिका संयोजक कालुसिंह रोकायाले महायज्ञ ८ दिन सम्म सञ्चालन हुने बताए । उनले श्रीमद्भागवत ज्ञान महायज्ञ तथा राधाकृष्ण ज्ञान विज्ञान धार्मिक महोत्सव राधाकृष्ण मन्दिरको स्तरोन्नती लागि आयोजाना गरिएको बताए । ‘स्थानीय भक्तजनहरूले पूजा क्रममा टाढा-टाढा धाउनु नपरोस् भनका लागि महायज्ञको आयोजना गरिएको हो’, उनले भने । ‘यसमा स्थानीय, समाजसेवी, व्यापारी सबैको सहयोग आवश्यक छ।’ राधाकृष्ण मन्दिर मूल समितिको आयोजनामा भएको उक्त आधुनिक किसिमले मन्दिरको निर्माण गर्नको लागि महायज्ञ ज्ञान तथा ज्ञान विज्ञान धार्मिक महोत्सव आयोजना गरिएको संयोजक रोकायाले बताए ।

उनले सम्पूणर् सहयोगीहरुलाई भौतिक रूपमा पनि उपस्थिति हुन आग्रह गरे । महायज्ञमा जडिबुटि सम्वन्धी ज्ञान पनि राख्ने, साथै धार्मिक ज्ञान विज्ञान लगायत हिन्दूधर्म सम्बन्धि ज्ञानका कुराहरू वाचन गरिने छ । धार्मिक महोत्सव बिहीबार बिहान विभिन्न संस्थाहरु, विद्यालयहरु, पञ्चेबाजा प्रदर्शन, सखिया नाच प्रदर्शन लगायत समाजसेबी, बुद्धिजिवी व्यक्तिहरूको सहभागिता भई कलश यात्रा निकालेको हो ।

महायज्ञ तथा धार्मिक महोत्सव मन्दिर प्राङणमै आयोजना गरिएको छ । ८ दिन सम्म सञ्चालन संगीतमय श्रीमद्भागवत ज्ञान महायज्ञमा सुप्रसिद्ध कथावाचक रामानुजदास सन्तोषीजी महाराजले कथा वाचन गर्ने छन् । महायज्ञमा बिहान ५ बजे देखि बिहान ७ बजे सम्म योग विज्ञान शिविर, १ हजार ८ सलिकग्राम पूजन तथा परिक्रमा, बिहान ७ बजेदेखि श्रीमद्भागवत पूजा, मूलपाठ, रुद्री पाठ पारायण, ११ बजे देखि ४बजे सम्म प्रबचन तथा विभिन्न भाषा भाषीमा भजन कीर्तन, बाल संस्कार, साँझ ७ बजे देखि १० बजे सम्म बृहत भा चर्चा, राष्ट्रिय गीत र दिव्य झाँकी हुने छ ।

ADD Khali jpg
Loading...