नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा रोयल कोल्याबोरेटिभलाई खाद्यान्न सहयोग

धनगढी, १९ जेठ- नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा संचालित उत्थानशील नगर प्रबर्धन र सहभागिता कार्यक्रम अन्तर्गत भारतबाट नेपाल आउने नेपालीहरुलाई गौरीफन्टा नाकामा निःशुल्क खाना खुवाउने अभियानकालागि २१ बोरा मसिनो चामल, १०० किलो मसुरको दाल, १०० किलो काउली चना दाना, ५ पेटी (५० लिटर) सन्फलावर तेल, एक पेटी प्याकिंग प्लेट, ५ बोरा आलु (२५०केजि), ५ बोरा प्याज (२५०केजि) उपलब्ध गराएको छ । धनगढी उपमहानगरपालिकाको सहकर्यमा रोयल कोलाबोरेटीभसले निःशुल्क खाना खुवाउने अभियान संचालन गर्दै आएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त सामाग्रीहरु धनगढी उपमहानगरपालिकाका मेयर नृर्प बहादुर वड र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापती उत्तम जोशीले संस्थाका अध्यक्ष गजेन्द्र साहीलाई हस्तान्तरण गरेका थिए ।

Dadeldhura hospital

समान हस्तान्तरण गर्दै मेएरले नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखालाई निरन्तर सयोग र सहकार्यका लागि धन्नेबाद दिदै आगामी दिनमा पनि बिपद जोखिम निउनिकरणमा रेडक्रस संग सहकार्य गर्दै अगाढी बढ्ने जानकारी गराएका छन् ।

भारतबाट नेपाल आउने नेपालीहरुले खाना जताततै बसेका खान लागेकाले उनिहरुको सुविधाका लागि खाना खुवाउने अस्थाई टेन्ट लगाउने योजना समेत रहेको छ उक्त ठाउँमा स्वोयेम सेबकहरु समेत परिचालन रहेका छन् ।

Loading...