पहाडी जिल्लामा चट्याङ र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ- हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

Dadeldhura hospital

देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।

Navadurga sun
Godawari sandesh

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मेघगर्जन, चट्याङसहित हावाहुरीको पनि सम्भावना रहेकाले यसबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन पनि जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

 

Loading...