ऐश्वर्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

धनगढी- धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेकपा ९एमाले० निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले जित हासिल गरेको छ । स्ववियु सभापतिमा अनेरास्ववियुका कुबेर खड्का प्यानलसहित विजयी भएका छन् ।

Dadeldhura hospital

नेपाल विद्यार्थी सङ्घको दबदबा रहँदै आएको सो क्याम्पसमा नेपाल विद्यार्थी सङ्घकै महेशराज जोशीलाई पराजित गरेर खड्का स्ववियु सभापतिमा विजयी हुन् । विजयी खड्काले आठ सय १४ र उहाँका प्रतिद्वन्द्वी जोशीले चार सय २९ मत प्राप्त गरेको जनाइएको छ ।

Navadurga sun
Godawari sandesh

यसैगरी, सचिवमा अनेरास्ववियुका दीपेन्द्र भट्ट विजयी हुनुभएको छ । उहाँले ७०२ मत प्राप्त गरे । सचिवका प्रत्याशी नेविसङ्घका दिलबहादुर बुढाथोकी पाँच सय १५ मत पाएर पराजित भएका छन् । कोषाध्यक्षमा सुदासन चौधरी, सदस्यहरुमा मीनाकुमारी जोशी, प्रदीप खड्का, शरद बराल, दीपकराज जोशी र आशा विष्ट विजयी भएकी छन् ।

Loading...