दीपेन्द्रसिंह ऐरी र भीम सार्की लगायत ५ खेलाडीलाई सुदूरपश्चिम सरकारले सम्मान गर्ने

कैलाली- नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनौट गराउने खेलमा महत्पूर्ण भूमिका निभाएका दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई सुदूरपश्चिम सरकारले सम्मान गर्ने भएको छ ।

Dadeldhura hospital

सुदूरपश्चिमका दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई जनही रू २ लाख दिएर प्रदेश सरकारले सम्मान गर्न लागेको हो । टिममा परेका सन्दीप जोरालाई १ लाख र अन्तिम १८ परेका कमल सिंह ऐरी र अर्जुन साउदलाई जनही ५० हजार लाख दिने घोषणा गरेको छ।

Navadurga sun
Godawari sandesh

यस अघि पनि प्रदेश सरकारले युएईमा २०२३ मार्चमा सम्पन्न भएको आईसीसी यु १९ वर्ल्ड कपमा सहभागी खेलाडी र अफिसियललाई सम्मान गर्ने बताएका थियो । प्रति खेलाडीहरूलाई जनही १ लाख र अफिसियललाई ५० हजारका दरले सम्मान गरिने सरकारले घोषणा गरेको हो ।

 

Loading...