सेती अस्पतालमा एक बिरामीको मृत्यु, आफन्त आन्दोलित

धनगढी- धनगढीको सेती प्रादेशीक अस्पतालमा एक बिरामीको मृत्यु भएको छ। शनिबार बिहान साढे ७ बजे चुरे गाउँपालिका ३ की ३७ वर्षीया झरना थापा मगरको अस्पतालमा मृत्यु भएको हो।

अस्पताल स्रोतका अनुसार पाठेघरको समस्या भएकी मगरको शल्यक्रिया भएपछि मृत्यु भएको हो। उनको पाठेघरमा मासु पलाएकोमा हिजो नै शल्यक्रिया गरिएको थियो। तर, पाठेघरको शल्यक्रिया गरिएपछि त्यसको केही समयमै उनको ज्यान गएको बताइएको छ।

Navadurga sun

आफन्तका अनुसार बिरामीको पाठेघरमा मासु पलाएको भनेर भनेको चैत २ गते शल्यक्रियाको मिति छ भनेर अस्पतालले जानकारी दिएको थियो। तर, हिजो मात्रै शल्यक्रियाका गरिएको थियो।

हिजो राति डेढ बजे शल्यक्रिया भएर बिरामीलाई आइसियुमा राखेको जानकारी आएको तर फेरि बिहान मृत्यु भएको भनेर जानकारी गराइएको मृतकका भिनाजु ठक्कर रानाले बताए।

अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान गएको उनको आरोप छ। उनले भने, ‘सामान्य अवस्था भएको बिरामीको कसरी मृत्यु भयो? त्यसको कारण अस्पताल र चिकित्सकहरुले दिनुपर्छ। हामीलाई लगातार रगत ल्याउन मात्रै भनिएको थियो। यसमा अस्पतालले ठूलो लापरवाही गरेको छ। यसको सत्यतथ्य आउनुपर्छ।’

ADD Khali jpg
ADD Khali jpg
Loading...