भन्सार छलिको सामान सहित २ जना पक्राउ




धनगढी, १९ जेठ- धनगढीबाट लुकाएर बझाङ पठाइएको भन्सार छलिको सामान सहित २ जना पक्राउ गरिएको छ । धनगढीबाट बझाङ तर्फ गइरहेको से १ ख ८५९ नम्बरको ट्रकमा चेकजाँच गर्ने क्रममा ट्रकभित्र गहुँको बोराको बीचमा लुकाइएको अवैध चिनी बरामद गरेको बझांङ प्रहरीले जनाएको छ ।



प्रहरी बेश देउलेख बझाङबाट खटिएको प्रहरी टोलीले जिल्लाको वित्थरचिर गाउँपालिका वडा नं. ४ मल्ला भतडा स्थित जयपृथ्वी राजमार्गमा मंगलबार चेकजाँचको क्रममा बरामद गरेको हो । ५० किलो ग्रामका २३ कट्टा अर्थात ६९ हजार बराबरको चिनी र ७ हजार ५ सय रुपैयाँ बराबरको १५० पोका अवैध झुम्का सुपर पावर सुर्ती बरामद गरिएको बताइएको छ ।


प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ११ घर भएका हाल बझाङको जयपृथ्वी नगरपालिका वडा नं. १० बस्ने दिपक बहादुर कुँवर र ट्रक चालक कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १० बस्ने राजेन्द्र तिवारीलाई पक्राउ गरिएको छ । सो अवैध चिनी र सुर्तीसहित ट्रक र ट्रक चालक तथा सामान धनी कुँवरलाई आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली पुर्याईएको छ ।



