

धनगढी- कैलाली बहुमुखी क्याम्पसमा कार्यरत उप–प्राध्यापक खड्गबहादुर पछेराको मृत्यु भएको छ। विष सेवन गरेका ४७ वर्षीय पछेराको आज बिहीवार मृत्यु भएको हो।



अस्पताल स्रोतका अनुसार बिहान ११ बजे उनलाई विष सेवन गरेको अवस्थामा आइसियुमा भर्ना गरिएको थियो। जहर खाएकै कारण उनको मृत्यु भएको बताइएको छ।


अहिले उनको पोस्टमार्टम गर्ने तयारी भैरहेको छ। उनी केएमसीमा विगत १२ बर्ष देखि गणित विषय अध्यायपन गराउदैँ आएको दिए । विहान मात्र उनले कक्षा लिएका थिए ।