सुदूरपश्चिम प्रदेशमा थप ४५४ जनामा संक्रमण पुस्टि, ८९९ जना संक्रमित निको, ६ जनाको मृत्यु

अत्तरिया, १८ जेठ– सुदूरपश्चिम प्रदेशमा थप ४५४ जनामा संक्रमण पुस्टि भएको छ। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ३ वटा प्रयोगशालामा १०९५ नमुना पीसीआर तथा ५ वटा सीमानाकामा १०३६ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। यी दुवै विधिबाट गरिएको परिक्षणमा ४५४ जनामा संक्रमण पुस्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएकाे छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ८३७ जनाको नमूना परीक्षण गर्दा २०१ जना, महाकाली अस्पतालमा ५१ नमूना परीक्षण गर्दा १५ जना र डडेल्धुरा अस्पतालमा २०७ जनाको नमुना परीक्षण गर्दा ८३ जनामा कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टामा ८९९ जना संक्रमित निको भएका छन्। त्यसैगरी सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ६ जनाको मृत्यु भएको छ।

Navadurga sun

कैलालीका २ जना कञ्चनपुरका २ जना र अछामका २ जना गरी ६ जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख २७ हजार ८२६ नमूना परीक्षण गर्दा ४० हजार ४५ जनामा संक्रमण पुस्टि भएको छ। हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका २५ हजार ५९८ जनाले कोरोना जितेका छन् भने, ५०६ जनाको मृत्यु भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...