सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका ५ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

कैलाली- सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरूमा आगामी चैत ८ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन मिति तोकिएको छ। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका १५ क्याम्पसहरू मध्ये ५ क्याम्पसमा भने निर्वाचन स्थगित भएको छ ।

Dadeldhura hospital

केन्द्रीय क्याम्पसमा तालाबन्दी भएपछि निर्वाचन प्रभावित भएको हो । यस्तै विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित प्रदेशका ५ क्याम्पसमा विद्यार्थी सङ्गठनको आन्तरिक विवादका कारण मनोनयन दर्ता नभएको सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक यज्ञराज पाठकले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

विश्वविद्यालयको केन्द्रीय क्याम्पस, कैलालीको टीकापुर बहुमुखी क्याम्पस, बाजुराको बाजुरा बहुमुखी क्याम्पस र बडिमालिका बहुमुखी क्याम्पस र अछामको जनता बहुमुखी क्याम्पसमा आन्तरिक विवादका कारण तालाबन्दी भएर मनोनयन दर्ता हुन नसकेको उनले बताए।

उनका अनुसार अब सम्बन्धित क्याम्पसको निर्वाचन समितिले एक महिनाभित्र निर्वाचनका लागि अर्को मिति तय गर्न सक्ने छ। विश्वविद्यालयका अन्य १० वटा आङ्गिक क्याम्पसमा भने मनोनयन दर्ता भएको उनको भनाई छ।

Loading...