घाँटी रेटिएको अवस्थामा सुर्खेतमा एक युवकको शव फेला

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा एक युवकको शव फेला परेको छ। मंगलबार साँझ वीरेन्द्रनगर–१० बुदबुदीमा एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

Dadeldhura hospital

घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मण शाहीले जानकारी दिए।

Navadurga sun
Godawari sandesh

घटना अनुसन्धानको लागि प्रहरीले कोहलपुरबाट तालिम प्राप्त कुकुर सहितको अनुसन्धान टोली घटनास्थलमा खटाएको छ।

 

 

Loading...