कैलालीको दमौरामा भोलिदेखि महायज्ञ सुरु हुने, उद्घाटन मुख्यमन्त्रीले  गर्ने

Purbadhar dadeldhura

अत्तरिया- कैलालीको दमौरामा भोलि (बुधबार) देखि श्रीमद्भागवत सप्ताह ज्ञान धन-धान्याञ्चल महायज्ञ सुरु हुने भएको छ । गोदावरी नगरपालिका वडा नं. १० दमौरामा शिव मन्दिर तथा पर्यटन विकास समितिले आयोजना गरेको महायज्ञ भोलिदेखि सुरु हुन लागेको हो ।

मंगलबार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको तयारी पुरा भएको जानकारी दिइएको छ । शिव मन्दिर तथा पर्यटन विकास समितिका अध्यक्ष ललित साउँदले महायज्ञको सम्पुणर् तयारी पुरा भएकाले भोलि बिहान ११ बजे सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गर्ने कार्यक्रम तय भएको जनाइएको छ । साउँदले त्यसअघि बिहान ८ बजेदेखि कलस यात्रा निकालिने बताए ।

Malpot office dadeldhura

उनले वडामा सभाहल बनाउन, धार्मिक हिन्दु धर्मको संरक्षण गर्नका निम्ती र बालबालिकाहरुमा संस्कार हराएको महसुस गरेर महायज्ञ आयोजना गरिएको बताए । महायज्ञमा युवा तथा बालबालिकाहरुलाई उपस्थित गराई कुलत र दुर्वयसनीमा फसेकाहरुलाई मुक्त गराउने उद्देश्य पनि रहेको समितिका अध्यक्ष साउँदले बताए ।

महायज्ञ संचालनका लागि नगरपालिका, वडाका जनप्रतिनिधी, सामाजिक अगुवा लगायतले सहयोग गरेका छन भने वडा नम्बर ३ का स्थानियले पनि सहयोग गरेको बताए । प्रत्येक दिन पाँच सय देखी सात सय जना भक्तजनहरु कार्यक्रममा उपस्थित हुने अपेक्षा लिएको उनले बताए । महायज्ञमा ऋषिकेश उपाध्याय मुख्य कथावाचक रहने छन भने प्रमोद पौडेल शास्त्री उप बाचकका रुपमा रहने उनले बताए ।

समितिकी उपाध्यक्ष पुष्पा लता रावलले धर्म संस्कृतिको जगेर्ना गर्नका लागि महायज्ञ आयोजना गरिएको बताइन् । त्यस्तै वडा नम्बर १० का वडा अध्यक्ष रबिन्द्र शाहीले महायज्ञलाई उत्सवको रुपमा लिएको बताए । उनले महायज्ञले वडामा भएका विकृती विसंगतीको अन्त्य गर्न मदत पुग्ने बताए ।महायज्ञमा वडाबाट एक घर एक कलस, एक घर एक व्यक्ति उपस्थित गराउने लक्ष्य आयोजकको रहेको छ । रमणिय क्षेत्रमा रहेको शिव मन्दिरमा आयोजना हुन लागेको महायज्ञले यस क्षेत्रको पर्यटन विकासमा पनि सहयोग पुग्ने अपेक्षा लिएको आयोजकको भनाई रहेको छ ।

चैत्र १ देखि चैत्र ७ गते सम्म संचालन हुने महायज्ञबाट करिब २० लाख सम्म आर्थिक संकलन हुने अनुमान गरेको समितिका अध्यक्ष साउँदले बताए । महायज्ञबाट संकलन भएको रकमबाट मन्दिरको स्तरोन्नती संगै समितिको सभाहल निर्माण गरिने जनाइएको छ ।

महायज्ञमा राष्ट्रिय स्तरका कलाकारहरुद्धारा संगितमय भजनकिर्तनका साथै देवलिला झाँकीहरु हुनेछन भने सन्त महात्माको अमृतमय प्रवचन प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...